आईपिएल: हेर्न लायक रसेल, अरूको आकर्षण कस्तो ? | Khabarhub Khabarhub

आईपिएल: हेर्न लायक रसेल, अरूको आकर्षण कस्तो ?


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)का पाँच खेल सकिएका छन्। सुरुवाती पाँच खेलले केही शानदार सुरुवात र लय देखाएको छ। उद्घाटन खेलमा शुक्रबार चेन्नईको ६ विकेटको जित रोमाञ्चक देखियो। दोस्रो खेलमा दिल्लीमाथि पञ्जाबले ४ विकेटको जित निकाल्दा तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित हात पार्यो। चौथो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित दर्ता गर्दा पाँचौं खेलमा मुम्बइमाथि गुजरातले ६ रनको जित निकालेको छ।

टी-२० को आकर्षण नै यसको ग्ल्यामर हो। अझ भारतीय पिचमा हुने हाइ स्कोरिङ गेमको ग्ल्यामर त फरक हुने नै भयो। सन् २००० को दशकमा विश्व क्रिकेटमा एउटा बहस सुरु भएको थियो। सहिद अफ्रिदी, एडम गिलक्रिस्ट, वीरेन्द्र सेहबाग या क्रिस गेल मध्ये ग्ल्यामरस ब्याट्सम्यान को ? भन्नेमा धेरै बहस भएको थियो। एउटा साँचो के हो भने आकर्षण र हेर्न मजा त चार जनाको ब्याटिङमा नै थियो। परन्तु धेरै खेल जिताउने ब्याट्सम्यानको कोटीमा गिलिक्रिस्ट रहे।

सहिद अफ्रिदी, एडम गिलक्रिस्ट, वीरेन्द्र सेहबाग या क्रिस गेल मध्ये ग्ल्यामरस ब्याट्सम्यान को ? भन्नेमा धेरै बहस भएको थियो। एउटा साँचो के हो भने आकर्षण र हेर्न मजा त चार जनाको ब्याटिङमा नै थियो।

जारी आइपिएलमा एकै पटक दुई ग्ल्यामरस खेलाडीको भिडन्त यस पटक पहिलो चरणमा भएको थियो। संयोग मान्नुपर्छ यी दुवै ब्याट्सम्यान आफ्नो खेलमा छाए। पहिलो पारी सङ्कटमा परेको कलकत्ता नाइट राइडर्सका लागि आन्द्रे रसेलले २५ बलमा ६४ रन प्रहार गरे। अर्को तर्फ तीन ओभर बाँकी रहँदा लगभग हारको नजिक रहेको सनराइजर्स हैदरावादलाई जितको नजिक लैजाने क्रममा दक्षिण अफ्रिकी ब्याट्सम्यान हेन्रीच क्लासनले २९ बलमा ६३ रन प्रहार गरे।

अन्तिम ओभरमा हर्षित रानाले सानदार बलिङ गराउनु अगाडि क्लासेन र सहबाज अहमदले हैदरावादलाई जितको नजिक लगेका थिए। तीन ओभरमा ६० रन चाहिएको समयमा हैदवारादले २ ओभरमा ४७ रन प्रहार गरेको थियो।

                                आन्द्रे रसेल  । तस्बिर : क्रिकइन्फो

रसेलको हकमा उनले सनराइजर्सको विरुद्धको खेल पछि आइपिएलमा सबै भन्दा छिटो दुई सय छक्का प्रहार गर्ने खेलाडी भएका छन्। यो आईपिएलमा धेरै खेल हुन बाँकी छन्। क्लासेन र कलकत्ता बिचको खेल जस्तै धेरै खेल हुने छन्। यत्ति मात्र होइन, रसेलको क्लासेनको पारी जस्तै अझ धेरै उत्कृष्ट रुप यो सिजनमा देख्न सकिन्छ।

रसेलकै हकमा हैदरावादसँगको खेलपछि विभिन्न प्रतिक्रिया आइसकेका छन्। वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान ब्रायन लाराले इडेनगार्डेनको पिच नै रसेलको क्षमता भन्दा सानो भएको प्रतिक्रिया दिइसकेका छन्।

जारी आईपिएलका रोचक दृश्य देख्न बाँकी नै छन् । तर पहिलो पारी सङ्कटमा परेको कलकत्ता नाइट राइडर्सका लागि आन्द्रे रसेलले २५ बलमा ६४ रन प्रहार गरेर धेरैको मन जितेका छन्। यो खेलसँगै रसेल आईपिएलमा सबैभन्दा छिटो दुई सय छक्का प्रहार गर्ने खेलाडी भएका छन् । 

यी दुई बाहेक हेर्न लायक अन्य केही खेलाडी नभएका होइनन्। चेन्नाइका रचिन रवीन्द्र पनि आइपिएलमा हेर्न लायक खेलाडीको कोटीमा रहेका छन्। सुरुवाती खेलमा उनले आफ्नो क्षमता पुष्टि गरिसकेका छन्।

रोयल च्यालेन्जर बंगलोर विरुद्धको पहिलो खेलमा आफ्नो टोलीलाई जित दिलाउने क्रममा रवीन्द्रले १५ बलमा ३७ रनको योगदान गरेका थिए।

गत विश्वकप क्रिकेट भन्दा अघि रवीन्द्र खासै नाम चलेका खेलाडी थिएनन्। न्युजिल्यान्डलाई सेमिफाइनलको यात्रा गराउने क्रममा उनको भूमिका महत्त्वपूर्ण थियो। तीनै रवीन्द्र आइपिएलमा आबद्ध भएपछि प्रारम्भिक ब्याट्सम्यानको रूपमा पारीको सुरुवात गर्ने सम्भावना कमै देखिएको थियो। एकै पटक टोलीका अर्का ओभरसिज खेलाडी डेभिड कोनवे घाइते भएपछि रवीन्द्र पहिलो रोजाइको खेलाडी बने।

टोलीका नयाँ कप्तान ऋतुराज गाइक्वाड माथि दबाब परेको समयमा रवीन्द्रले न्याय पनि गरेका छन्। छिटो रन बनाउने कीर्तिमान नभए पनि अथवा हार्ड हिटरको छवि नभए पनि आइपिएलको इतिहासमा विराट कोहलीको इतिहास सधैभरी सबैले सम्झने छन्।

साबिक विजेता चेन्नाइ सुपर किङ्ससँगको पहिलो खेलमा रवीन्द्र जडेजाको बलमा १ रन लिँदै उनले टी २० मा १२ हजार रनको आँकडा पार गर्ने पहिलो भारतीय ब्याट्सम्यानको रूपमा कीर्तिमान कायम गरेका हुन्। कोहली भन्दा धेरै टी २० रन प्रहार गर्ने खेलाडीमा क्रिस गेल, सोहेब मलिक, किरोन पोलार्ड, एलेक्स हेल्स र डेभिड वार्नर छन्।

रिंकु सिंह र आन्द्रे रसेल । तस्बिर : क्रिकइन्फो

यो सिजनको खेल सुरु हुनु अगाडि क्रिस गेलले सर्वाधिक ३ सय ५७ छक्का प्रहार गरेका थिए। यसैगरी रोहित शर्माले दुई सय ५७ छक्का प्रहार गरेका थिए। एबी डी भिलियर्सले दुई सय ५१ छक्का प्रहार गरेका थिए। भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले दुई सय ३९ छक्का हानेका छन्। यो सिजनको पहिलो खेलमा उनले ब्याटिङ गर्नु परेन।

कोहलीले यस अघिको सिजनसम्ममा दुई सय ३४ छक्का प्रहार गरेका थिए। पहिलो खेलमा एक छक्का सहित उनको कुल छक्काको सङ्ख्या दुई सय ३५ पुगेको छ। डेभिड वार्नरले दुई सय २८ छक्का प्रहार गरेका थिए। पोलार्डले दुई सय २३ छक्का प्रहार गरेका छन्।

यो सिजनमा भारतका स्टार ब्याट्सम्यान गील, शर्मा, र कोहली धेरैका लागि आकर्षण बन्ने छन्। यसका साथै क्लासन, रसेल, रवीन्द्र त हेर्न लायक खेलाडी नै हुन्। विगत झैँ हार्दिक पाण्डेको फिनिसिङ पक्कै पनि धेरैका लागि चासोको विषय बन्न सक्नेछ।

अहिलेसम्म आइपिएलको सबैभन्दा बढी स्ट्राइक रेट भएका खेलाडी रसेल हुन्। यो आइपिएल भन्दा अघि नै उनको स्ट्राइक रेट १७४ थियो। थोरै खेल मात्र खेलेका लियाम लिभिङ स्टोनको १६५ दशमलव ६०, सुनिल नारायणको १५९ दशमलव ६९ तथा ग्लेन म्याक्सवेलको १५७ दशमलव ६२ थियो। निकोलास पूरणको १५६ दशमलव ७९ स्ट्राइक रेट छ।

मुम्बइको विकेट लिएपछि खुशी हुँदै गुजरातका कप्तान शुभमन गिल । तस्बिरः क्रिकइन्फो

नाम चलेका ब्याट्सम्यान सेहबागको १५५ दशमलव ४४, सिम्रन हेटमायरको १५२ दशमलव ०८, भिलियर्सको १५१ दशमलव ६८ तथा गेलको १४८ दशमलव ६९ छ। यशश्वी जयसवालको १४८ दशमलव ७३ छ।

यी १० मध्ये सबै भन्दा धेरै औसत रहेका खेलाडीमा गेलको ३९ दशमलव ७२ तथा भिलियर्सको ३९ दशमलव ७० छ। यी तथ्याङ्कको आधारमा गेल, रसेल र भिलियर्स आइपिएलका विशेष खेलाडी नै हुन्।

त्यसो त समय अनुसार आफ्नो टोलीलाई अघि लैजान सक्ने खुबीका सुभमन गिल हुन्। यस सिजनको सबैभन्दा कान्छा कप्तानको रूपमा रहेका गिलका लागि आफ्नो ब्याटिङ र टोलीको जिम्मेवारी दुवै महत्त्वपूर्ण हो। स्रोत : क्रिकइन्फो, एबी न्युज

 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : १३ बजे

ब्राण्डिङ भयो मुढा, फस्टायो व्यापार !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका