‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार « Khabarhub

‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले सुरुवाती तीन दिनमा चार करोड २५ लाखको व्यापार गरेको छ ।

निर्माण पक्षका अनुसार यस फिल्मले पहिलो दिन शुक्रबार नै एक करोड २३ लाख, दोस्रो दिन १ करोड ८२ लाख र तेस्रो दिन १ करोड २० लाखको व्यापार गरेको हो ।

‘जात्रा’को तेस्रो शृङ्खलाका रुपमा निर्माण गरिएको यस फिल्मलाई दर्शकले पहिला जस्तै माया दिएको निर्देशक तथा लेखक भट्टराईको बुझाइ छ ।

उनी भन्छन्, ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ ।’

यही चैत ९ गतेदेखि नेपालका साथै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म हेर्न हलमा दर्शकको भिडभाड देखिएको छ । फिल्मले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउन सफल भएको छ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ११ : ०३ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका