केकीको ‘बोक्सी लुक्स’ « Khabarhub

केकीको ‘बोक्सी लुक्स’


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री केकी अधिकारीको फिल्म  ‘बोक्सीको घर’को  ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । होलीको अवसर पारेर काठमाडौँको लैनचौरमा एक कार्यक्रमको आयोजना गरी उनले निर्वाह गरेको भूमिकाको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरिएको हो ।

सो पोस्टर अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे थिए । टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई होलीको अवसर पारेर सार्वजनिक गरिएको केकीको भनाइ थियो ।

उनले भनिन्, ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचारप्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौँ ।’

लुक्स सार्वजनिक कार्यक्रममा लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा सिनेमा बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।

फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ ।  केकी अधिकारी फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाका निर्माता उनका बुबा बद्री अधिकारीले हुन् । फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् ।

सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् ।

सिनेमामा केकी सहित सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ ।

तस्वीरहरु : बद्री थापा 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १२ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार