इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ  : खनाल « Khabarhub

इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ  : खनाल


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका छन् ।

उनले आज खबरहबसँग कुरा गर्दै आफू उपनिर्वाचनमा नउठ्ने तर आफ्नो पार्टीबाट युवा उम्मेदवार खडा गर्ने बताए । उनले भने, ‘यो पटक मेरो उठ्ने मनसायमा छैन । साथीहरूलाई उठाउने हो । युवा साथीहरू आउन सक्नुहुन्छ ।’ उनले बुधबार सम्ममा एकीकृत समाजवादीको उम्मेदवार टुंगो लाग्ने बताए ।

नेता खनाल वाम गठबन्धनबाट उम्मेदवार बन्ने हल्ला चलेको भएपनि एमालेले पार्टीका तत्कालीन उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उठाउने निर्णय गरेसँगै पछि हटेका हुन् ।

यता, सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । तर कुनै उम्मेदवारको नाम भने टुंगो लगाएको छैन ।

यसबारे खनालले भने, ‘सत्ता गठबन्धनले पनि आआफ्ना उम्मेदवार उठाउने भन्नु भएको छ । हामी पनि उठाउँछौँ ।’

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यो क्षेत्रमा तत्कालनी कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसबेला एमालेका उम्मेदवार स्व. नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरू विजयी बनेका थिए । गत निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसले अनौपचारिक रुपमा जिल्ला सभापति डम्बर खड्कालाई उठाउने बताएको भएको पनि  औपचारिक निर्णय भने गरेको छैन । यस्तै, पहिचान पक्षधरले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

यो पनि…
७४ वर्षे झलनाथ भन्छन्- ३० वर्षे जोस छ, परिआउँदा जिम्मेवारी लिन्छु

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १२ : २७ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६