जापानले पृथ्वीदेखि मङ्गल ग्रहसम्म पुग्ने बुलेट रेल चलाउने | Khabarhub Khabarhub

जापानले पृथ्वीदेखि मङ्गल ग्रहसम्म पुग्ने बुलेट रेल चलाउने


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी गरिरहेको छ ।

जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । यसका लागि सोधकर्ताहरू एउटा जीवन्त आवास बनाउने योजनामा जुटेका छन् ।

यो एउटा सोली आकारको भवन हुनेछ जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।

उक्त भवनको नाम ग्लास राखिएको छ । यसको बनावटले मानिसको शारीरिक रचनालाई कम गुरुत्वाकर्षण वा शून्य गुरुत्वाकर्षणको स्थितिमा कमजोर हुनबाट बचाउनेछ। यसमा कृत्रिम गुरुत्वाकर्षणसँगै पृथ्वीकै जस्ता सुविधाहरू हुनेछन् ।

उक्त कोलोनी चन्द्रमा तथा मङ्गल ग्रहमा बनाइनेछ । उक्त कोलोनीका सिसा घरभित्र सहजै बस्न सकिनेछ तर बाहिर निस्किँदा स्पेस शूट लगाउनु पर्नेछ । उक्त बस्तीमा सार्वजनिक यातायातको सुविधा हुनेछ ।

यसैमा जान  उक्त रेल पृथ्वीबाट चन्द्रमा तथा मङ्गल ग्रहका लागि छुट्नेछ । यो एक अन्तर ग्रह परिवहन प्रणालीको रूपमा रहनेछ । उक्त बुलेट ट्रेनको नाम हेक्जाट्रयाक राखिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ०४ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो