इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, नौ बेपत्ता « Khabarhub

इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, नौ बेपत्ता


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै  बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका  छन् ।

पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद घटना भएको स्रोतले जनाएको छ । 

पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशंका गरिएको बताए। यसै क्रममा उद्धारकर्ताहरूले सोमबार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उनले बताए।  

उनले दुर्घटनामा दर्जनौँ घरहरू ध्वस्त भएपछि करिब ४०० गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन् । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : २२ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा