क्षयरोगका कारण २५ जनाको मृत्यु « Khabarhub

क्षयरोगका कारण २५ जनाको मृत्यु


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा क्षयरोगको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । 

जिल्लामा पछिल्ला पाँच वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७६-७७ मा ३ जना, आव ०७७-७८ मा ६, आव ०७८-७९ मा ३, आव ०७९-८० मा ७ र चालु आर्थिक वर्ष ०८०-८१ को फागुनसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकमा उल्लेख छ । 

चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना क्षयरोग सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए ।

क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए । चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ ।

 जसमध्ये अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११-११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकामा ९-९ जना संक्रमित भेटिएका छन् । यस वर्ष डडेल्धुरामा सङ्क्रमितको पत्ता लगाउनुपर्ने संख्या ३ सय २४ थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ४ : ०१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको