मङ्गोलियामा आँधीबेहरीको चेतावनी  « Khabarhub

मङ्गोलियामा आँधीबेहरीको चेतावनी 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

उलान बाटोर– मङगोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ ।

मंगलबारदेखि शुक्रबारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोवी, डुन्डगोवी र डोर्नोगोवीमा तीव्र हावा र पहेँलो धुलोको आँधी आउने आशंका गरिएको छ । हावाको गति  लगभग ६१ किलोमिटर प्रति घण्टा नाघेको मौसम अनुगमन निकायले जनाएको छ ।

निकायले सर्वसाधारणहरूलाई सम्भावित प्रकोपविरुद्ध अतिरिक्त सावधानी अपनाउन चेतावनी दिएको छ ।  

मङ्गोलियामा कठोर महाद्वीपीय जलवायु भएकाले वसन्तमा हिउँ पर्ने तीव्र हावा र धुलोसहितको आँधीबेहरी आउने सम्भावना बढी हुन्छ ।

वातावरण तथा पर्यटन मन्त्रालयका अनुसार हालैका वर्षहरूमा मङ्गोलियामा धुलोसहितको आँधीबेहरीको बढ्दो आवृत्तिको पछाडि जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमिकरण मुख्य कारक हो ।

मङ्गोलियाको सरकारी तथ्यांकअनुसार मङ्गोलियाको कुल क्षेत्रको करिब ७७ प्रतिशत जमिन मरुभूमिकरण र वातावरणीय विनासको असरबाट प्रभावित छ ।  

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ०५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको