सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी गर्न प्रहरी परिचालन | Khabarhub Khabarhub

सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी गर्न प्रहरी परिचालन


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको उत्तरी सिमा स्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । 

जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोक बहादुर मगरको खोजी कार्यको गोताखोरको टोली परिचालन गरिएको हो । 

बालबालिकाको खोजतलास गर्न शसस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । 

होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लो क्षेत्र तर्फ पानी मुनी गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए । 

गोताखोरको टोलीले बेपत्ता बालबालीकाको खोजी गरिरहेको स्थानमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर बेपत्ता बालबालिकाहरूको खोजतलासको जानकारी लिएका छन् । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ३६ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा