श्रीलंकाकाको बेरोजगारी दरमा कमी « Khabarhub

श्रीलंकाकाको बेरोजगारी दरमा कमी


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलंकाको तथ्यांक विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो ।

विभागले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तेस्रो त्रैमासिकमा १.६ प्रतिशत र २०२३ को चौथो त्रैमासिकमा ४.५ प्रतिशतले विस्तार भएको उल्लेख गरेको छ । 

अर्थतन्त्रको सबैभन्दा खराब संकटलाई व्यवस्थापन गरिएसँगै अहिले श्रम बजारमा मानिसले अवसर खोज्न थालेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

संकटको प्रभावका कारण हालसम्म धेरै कम्पनीहरूले आफ्ना पुराना कामदारलाई सेवा निवृत्त गर्नुका साथै नयाँ रोजगारीका अवसरलाई रोकेका थिए । अहिले देशको अर्थतन्त्रले सुधारको संकेत देखाउँदै पुन: लयमा फर्किन थालेको छ । 

विगत दुई वर्षमा श्रीलंकामा सामूहिक बसाइँसराइ देखेको र कम्पनीहरूले रोजगारीमा पुनः नयाँ भर्ना गर्न थालेका तर नयाँ भर्नामा योग्य कामदारको कमी देखिन सक्ने विभागले जानकारी गराएको छ ।

विभागले ४.३ प्रतिशतको आधिकारिक बेरोजगारी दरले पूर्ण रोजगारीको नजिक प्रतिबिम्बित गरेको र यसले श्रम बजार अवस्थालाई कसिलो भएको पनि संकेत गरेको विभागले उल्लेख गरेको छ । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ५१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको