श्रीलंकाकाको बेरोजगारी दरमा कमी | Khabarhub Khabarhub

श्रीलंकाकाको बेरोजगारी दरमा कमी


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कोलम्बोश्रीलंकाको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलंकाको तथ्यांक विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो ।

विभागले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तेस्रो त्रैमासिकमा १.६ प्रतिशत र २०२३ को चौथो त्रैमासिकमा ४.५ प्रतिशतले विस्तार भएको उल्लेख गरेको छ । 

अर्थतन्त्रको सबैभन्दा खराब संकटलाई व्यवस्थापन गरिएसँगै अहिले श्रम बजारमा मानिसले अवसर खोज्न थालेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

संकटको प्रभावका कारण हालसम्म धेरै कम्पनीहरूले आफ्ना पुराना कामदारलाई सेवा निवृत्त गर्नुका साथै नयाँ रोजगारीका अवसरलाई रोकेका थिए । अहिले देशको अर्थतन्त्रले सुधारको संकेत देखाउँदै पुन: लयमा फर्किन थालेको छ । 

विगत दुई वर्षमा श्रीलंकामा सामूहिक बसाइँसराइ देखेको र कम्पनीहरूले रोजगारीमा पुनः नयाँ भर्ना गर्न थालेका तर नयाँ भर्नामा योग्य कामदारको कमी देखिन सक्ने विभागले जानकारी गराएको छ ।

विभागले ४.३ प्रतिशतको आधिकारिक बेरोजगारी दरले पूर्ण रोजगारीको नजिक प्रतिबिम्बित गरेको र यसले श्रम बजार अवस्थालाई कसिलो भएको पनि संकेत गरेको विभागले उल्लेख गरेको छ । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ५१ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा