दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित « Khabarhub

दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले सोमबार काठमाडौंमा आयोजना गरेको १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा दीपक पुरुष तथा सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । उनीहरूले अवार्डसहित जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

 त्यस्तै पौडीकी डुवाना लामा महिला तथा  राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल पुरुषतर्फ प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवंम नेपालका‌ लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भएका थिए ।

यसैगरी नवौं राष्ट्रि खेलकुदमा समावेश ३६ खेलबाट समान एक जनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : ०३ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर