कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरमा एकै दिन चार जना लागूऔषधसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ का २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ का २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय रोशन चन्द र भीमदत्त नगरपालिका–१ का २६ वर्षीय प्रदिप परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : ४४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको