रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू | Khabarhub Khabarhub

रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल अघि बढाएका छन् ।

पहिचान पक्षधर लिम्बुले रास्वपासँग सबै कोणबाट छलफल भइरहेको भन्दै सकारात्मक संकेत प्राप्त गरेको बताए । उनले खबरहबसँग भने, ‘रास्वपाको नेतृत्वसँग छ्लफल चलिरहेको छ । उहाँहरुको उम्मेदवार हुने या नहुने छिटो टुङ्गो लाग्छ । हामिलेत सबै कोणबाट छलफल जारी राखेका छौं ।’

युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महसचिव हुन् ।

यता रास्वपाका सहप्रवक्ता कबिन्द्र बुर्लाकोटिले अहिलेसम्म उम्मेदवारीको सिफारिस सूचीमा लिम्बूको नाम नपरेको बताए । सात जनाको आकांक्षीको नाममा भने लिम्बूले पनि इच्छा जायर गरेको बुर्लाकोटीले बताए ।

उनका अनुसार चैत १४ सम्ममा पार्टीले लिखित रुपमा इच्छा राख्ने उम्मेदवारलाई निवेदन पठाउन भनेको छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको मुत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ। त्यहाँ  वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : २१ बजे

‘नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुलो बनाउँदा हुन्छ’

काठमाडौं – राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक

स्वस्तिक लघुवित्तको आईपीओ खुला

काठमाडौं– स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार

विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग

काठमाडौं– नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी 

टीकापुर– कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको

कृषि उत्पादन बढाउन उपकरणमा अनुदान

इलाम– पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का