उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्षबीच भेटवार्ता « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्षबीच भेटवार्ता


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा आज अपराह्न भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रुपमा रहिआएको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याए ।

नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताए । चीनले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गरे । “अबको एक मात्रै एजेण्डा आर्थिक विकास हो, यसमा चिनियाँ सहयोग महत्वपूर्ण हुनसक्छ”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाकालाई पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उनले पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित हवाई उडान गर्न अनुरोध गरे । नेपालले चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उहाँले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गरे ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १० : ३१ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको