रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी « Khabarhub

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको अमेरिकाले दाबी गरेको छ। आफूले उपलब्ध गराएको लामो दुरीको ब्यालेस्टिक मिसाइल युक्रेनले गोप्य रुपमा प्रयोगमा ल्याएको अमेरिकाले दाबी गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मार्च महिनामा उपलब्ध गराएको हतियारमा ब्यालेस्टिक मिसाइल पनि रहेको अमेरिकी अधिकारीको दाबी गरेको बिबिसीले समाचारमा उल्लेख गरेको छ।

अमेरिकाले उपलब्ध गराएका हतियार कम्तिमा एक पटक प्रयोग भइसकेको अमेरिकी अधिकारीले दाबी गरेका छन्।

अमेरिकाले फेरि नयाँ हतियार युक्रेनलाई सहयोग गर्ने घोषणा गरिसकेको छ। राष्ट्रपति बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेका हुन्।

अघिल्लो हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो।

अमेरिकी कांग्रेसमा ६ महिनादेखि विधेयक अड्किएको थियो। तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ।

राष्ट्रपति बाइडेनले जुनसुकै बेला यो विधेयकमा हस्ताक्षर गर्नसक्ने विश्वास गरिएको समाचारमा उल्लेख छ। यो विधेयकमा इजरायल र ताइवानका लागि अर्बौँ डलरको सहायताको प्रावधान छ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : ५१ बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान