इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोलले स्तब्ध भएको हो । यो हारले लिभरपुलको उपाधि सम्भावनालाई कमजोर बनाएको छ ।

एभर्टनका लागि जोराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले एक–एक गोल गरेका थिए ।

जेराडले खेलको २७औँ मिनेटमा एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५८औँ मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई २–० गोलको सहज जित दिलाए । एभर्टनले लिभरपुललाई सन् २०१० पछि पहिलो पटक हराएको हो ।

यो जितसँगै एभर्टन ३४ खेलबाट ३३ अंक जोडेर तालिकाको १६औँ स्थानमा छ । पराजित भएको लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै शीर्षस्थानमा रहेको ७७ अंक छ । दुई खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । बाँकी खेल जिते सिटी शीर्ष स्थानमा उक्लनेछ ।

 

 

 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : ४९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार