राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित « Khabarhub

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।

बुधबारको आगलागीमा घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन् ।

अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले त्यसनिम्ति प्रयास भइरहको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गरेका छन् ।

मटिहानी नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ ।

अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका छन् । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई भाँडावर्तन प्रदान गरेको बताएको छ ।

महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताए ।

केही दिनअघि पनि महोत्तरीका विभिन्न ठाउँमा आगलागी भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ७ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको