खेलकुदमा भारतका युवा स्टारको उदय | Khabarhub Khabarhub

खेलकुदमा भारतका युवा स्टारको उदय

चेसमा १७ वर्षका गुकेशको सनसनी


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

चेसका १७ वर्षीय गुकेश डमराजु र क्रिकेटका मंयक यादव । तस्बिर : भारतीय सञ्चार माध्यम

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ। सन् २०२१ को टोकियो ओलम्पिकमा संसारका ठुला शक्तिलाई माथ खुवाउँदै ज्याभलिन स्टार चोपराले स्वर्ण पदक जितेका थिए। अहिले पनि संसारका शीर्ष खेलाडीको कोटीमा चोपरा यथावत छन्।

तीन वर्षपछि भारतीय खेलकुदमा एउटा नयाँ स्टारको उदय भएको छ। १७ वर्षीय गुकेश डमराजुले हिकासु नाकामुरासँगको अन्तिम खेलमा बराबरी गर्दै वर्तमान च्याम्पियन डिङ लिरेनसँगको विश्व च्याम्पियनसिप भिडन्त पक्का गरे।

विश्व चेसमा एकछत्र राज गरेका म्याग्नस कार्लसनले गत संस्मरण नखेल्ने निर्णय गरेपछि डिङ लिरेन विश्व च्याम्पियन बनेका हुन्। चेस खेलमा गहिराइसम्म भने भारतीय युवा खेलाडीकै प्रभाव देखिएको छ। कार्लसनले सन् २०२३ को फाइनलमा भारतकै प्रगनन्ध आरलाई हराउँदै विश्वकपको उपाधि जितेका थिए।

विश्व च्याम्पियनसिपमा सहभागी बन्ने अवसरमा गुकेशका लागि अन्य धेरै कुरा मिलेका छन्। अमेरिकी फाबियो कारुनाले रुसका इभान निया भियाटान्चीसँग जितको अवस्थामा रहेको खेलमा गल्ती गरेर बराबरीमा चित्त बुझाएका थिए। सोही नतिजाले गुकेसको विश्व च्याम्पियनसिपको बाटो तय भएको हो।

१७ वर्षीय गुकेश डमराजु

अहिले संसारको शीर्ष १० चेस खेलाडीमा अमेरिकी प्रभाव छ। शीर्ष १० वरीयतामा तीन जना अमेरिकी अझै छन्। शीर्ष १० मा भारतको प्रतिनिधित्व अर्जुन एरेगेराइले गरेका छन्। उनी वरीयतामा नवौँ स्थानमा छन्।

यसका बाबजुद भारतीय टोलीको सन् २०२३ मा एकदमै फर्ममा रहेको थियो। चेस विश्वकपमा चार जना भारतीय क्वार्टर फाइनल प्रवेश गरेका थिए। क्वार्टर फाइनलमा गुकेस कार्लसनसँग पराजित भएका थिए। यसैगरी दुई भारतीयको खेलमा अर्जुनलाई प्रगनन्धले हराए।

अबासोभले विदित सन्तोष गुजरातीलाई हराए। विगतको भन्दा कमजोर फर्ममा पुगेका गुजराती अहिले २५ ओ स्थानमा छन्।

भारतीय मध्य विश्वनाथन आनन्द ११ औं, प्रगनन्ध १४ औं र गुकेस १६ ओ स्थानमा छन्। परन्तु गुकेसको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको उनको उमेर नै हो। हाल उनी १७ वर्षमा मात्र भए। १७ वर्षको उमेरमा विश्व च्याम्पियनसिपको च्यालेन्जर खेल खेल्नु ठुलो उपलब्धि हो।

आईपिएलमा युवाको दबदबा
भारतमा अहिले आईपिएल जारी छ । आईपिएलका सुरुवातका चार मध्ये तीन खेलमा लखनउ सुपर जाइन्ट्सले जित हात पारेको थियो। सो जित हात पार्नेक्रममा मयांक यादवले शानदार प्रदर्शन गरे। तीन खेल पछि घाइते भएका उनलाई भारतीय क्रिकेटको नयाँ स्टारको रूपमा हेर्न थालिएको छ ।

भारतीय युथ क्रिकेट टोलीले यस वर्ष भएको यु–१९ विश्वकप क्रिकेटमा फाइनल सम्मको यात्रा तय गरेको थियो। सो फाइनल यात्रा स्पिनर सौम्य पाण्डेको भूमिका महत्त्वपूर्ण थियो। सायद त्यस टोलीका धेरै जना भारतीय राष्ट्रिय क्रिकेट टोलीमा स्थान जमाउन सफल हुनछन्।

मयांक यादव

यो वर्षको सुरुवातमा भएको ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिपमा भारतले सफलता पाएको थियो। सो प्रतियोगितामा सफलता दिलाउने सवालमा १७ वर्षीया राष्ट्रिय च्याम्पियन अनमोल खर्बको भूमिका महत्त्वपूर्ण थियो। खर्ब आगामी यबर कपको टोलीमा पनि समावेश छिन्। एसिया कपको उपाधि जित्ने क्रममा भारतले फाइनलमा थाइल्यान्डलाई ३–२ ले हराएको थियो। उनले प्रतियोगिताको दौरान ३ खेल खेलेर ३ वटैमा जित हात पारेकी थिइन्।
भारतमा यस अघि पनि टिनएजमै केही यस्ता स्टार खेलाडी देखिएको थिए। जसले लामो समय विश्व खेलकुदमा सनसनी फैलाउने अपेक्षा गरिएको थियो। परन्तु सिनियर तहमा अथवा परिपक्व भएपछि त्यो प्रभाव र पकड उनीहरूको देखिन सकेको थिएन।

अहिले उदाएका गुकेशको हकमा भने केही फरक र पृथक सम्भावना छ। विश्व च्याम्पियनसिपका दाबेदार हुनु आफैमा सबै भन्दा ठुलो सफलता हो। गुकेस भन्दा अघि सबै भन्दा कम उमेरमा प्रतियोगिता जित्ने सफलता विश्व चेस जगतका महान् खेलाडी गेरी कास्पारोभको नाममा थियो।

सन् १९८४ मा कास्पारोभले २० वर्षको उमेरमा सो सफलता पाएका थिए। त्यसै सफलतासँगै उनले एनातोली कार्पोभसँगको भिडन्त पक्का गरेका थिए।

गुकेस १२ वर्ष उमेरमा ग्रान्डमास्टर बनेका थिए। तीनै गुकेसले लिरेनलाई हराएमा उनी आनन्दपछि विश्व च्याम्पियन हुने दोस्रो भारतीय हुनेछन्। गुकेसको यो सफलताले अहिले दक्षिण एसियामा नै नयाँ तरङ्ग ल्याएको छ।

गुकेस १२ वर्ष उमेरमा ग्रान्डमास्टर बनेका थिए। तीनै गुकेसले लिरेनलाई हराएमा उनी आनन्दपछि विश्व च्याम्पियन हुने दोस्रो भारतीय हुनेछन्। गुकेसको यो सफलताले अहिले दक्षिण एसियामा नै नयाँ तरङ्ग ल्याएको छ।

गुकेसको सफलतापछि कास्पारोभले बधाई दिँदै अहिले भारत विश्व चेसको एउटा नयाँ शक्तिको रूपमा स्थापित भएको प्रतिक्रिया दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुकेसलाई बधाई दिँदै यसलाई अभूतपूर्व उपलब्धिको संज्ञा दिएका छन्।

लिरेन र गुकेश बिचको विश्व च्याम्पियनसिपको मिति र स्थान अझै तय भएको छैन। अहिले विश्व चेसका सामु कुनै पनि भारतीय स्टार छाउन सक्ने कुरालाई नकार्न सक्दैनन्।

कार्लसनको एक छत्र राज भएको समयमा प्रगनन्धले सन् २०२२ मा कार्लसनलाई हराएका थिए। भलै विश्वकपको फाइनलमा उनी तिनै कार्लसनसँग टाई ब्रेकरमा हारे। प्रगनन्ध पनि १२ वर्षको उमेरमा ग्रान्डमास्टर भएका थिए। प्रगनन्धले पनि विश्व चेसमा दाजु बहिनी नै ग्रान्डमास्टर हुने कीर्तिमान कायम गरेका थिए। उनकी दिदी रमेश बाबु बैशाली पनि ग्रान्डमास्टर हुन्।

गुकेसकै हकमा केही विशेषता छन्। यस अघि जनवरीमा भएको एक भेटमा लिरेनले गुकेशलाई हराएका थिए। तथापि लिरेन भारतीय युवालाई त्यत्ति कमजोर मान्ने पक्षमा कहिल्यै पनि हुँदैनन्। गएको टाटा स्टिल मास्टर्स चेस प्रतियोगितामा भने प्रगनन्धसँगको हारको सामना गरेपछि लिरेन बाहिरिएका थिए।

स्रोतः फिडे, ओलम्पिक, इएसपिएन, हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ८ : २३ बजे

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र