१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने « Khabarhub

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम चरणमा पुर्‍याएको छ । योजना कार्यान्वयन गर्न कम्तिमा ९१ खर्ब ९६ अर्बदेखि १ नील १४ खर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ ।

योजनालाई अन्तिम रूप दिन आयोग अध्यक्ष पुष्पकमल दाहालसहित राज्यसंयन्त्रका उच्च अधिकारीहरू, विज्ञविशेषज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरू यतिखेर योजनाको मस्यौदामाथि छलफल गरिरहेका छन् ।

संघीय राजधानी काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा योजनालाई अन्तिम रूप दिन राष्ट्रिय विकास परिषद्को बैठक बसिरहेको हो । परिषद् बैठकबाट प्राप्त सुझाव समेटेर योजना आयोगले नयाँ आवधिक योजनालाई अन्तिम रूप दिनेछ ।

आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औं योजना कार्यान्वयनको अन्तिम वर्षसम्म १ नील १४ खर्ब लागत अनुमान गरिएको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १० : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको