थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु « Khabarhub

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । 

बैंककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो । यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ । यसका कारण फिलिपिन्सभर विद्यालय बन्द गर्नुपर्यो भने बङ्गलादेशमा उपासकहरूले वर्षाका लागि प्रार्थना गर्नुपरेको छ । 

तापक्रम सूचक (आद्र्रता, हावाको गति र अन्य कारकहरूलाई ध्यानमा राख्दै महसुस गरिने तापक्रमको मापन) बैंककमा ‘अत्यन्त खतरनाक’ स्तरमा रहेको सहरको पर्यावरण विभागले चेतावनी दिएको छ । मुलुकको ग्रामीण उत्तरपूर्वमा रहेको उडोन थानी प्रान्तका अधिकारीहरूले पनि बिहीबार तीव्र तापक्रमको चेतावनी दिएका छन् । 

स्वास्थ्य मन्त्रालयले बुधबार राति जनवरी १ देखि अप्रिल १७ को बीच लुबाट ३० जनाको मृत्यु भएको जानकारी दिएको छ । लुबाट सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो । 

अधिकारीहरूले वृद्धवृद्धा र मोटोपनालगायत अन्तर्निहित अवस्था भएका मानिसहरूलाई घरभित्रै रहन र नियमितरूपमा पानी पिउन आग्रह गरिरहेको थाइल्यान्डका रोग नियन्त्रण विभागका उपमहानिर्देशक डायरेक खाम्पेनले बताए । 

थाइल्यान्ड र दक्षिणपूर्वी एसियाका मुलुकहरूमा अप्रिल सामान्यतया वर्षको सबैभन्दा तातो समय हो तर यस वर्ष अल निनो मौसमी ढाँचाले गर्मीलाई अझ बढाएको छ । गत वर्ष विश्वभर गर्मीको तनाव रेकर्डस्तरमा देखिएको थियो । संयुक्त राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसिया विशेषरूपले द्रुत गतिमा तातो भइरहेको बताएको थियो । 

यस साता थाइल्यान्डमा भीषण गर्मी अनुभव गरिएको छ । सोमबार उत्तरी प्रान्त लाम्पाङमा ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो गत वर्षको ४४ दशमलव छ डिग्री सेल्सियसको सर्वकालीन राष्ट्रिय रेकर्डभन्दा केही कम हो । 

सीमामा रहेको म्यान्मामा बुधबार तापक्रम ४५ दशमलव नौ डिग्री सेल्सियससम्म पुगेको थियो र बिहीबार पनि तापक्रम यति हुने अपेक्षा गरिएको छ । 

सन् २०२१ को सैन्य विद्रोहबाट उत्पन्न अराजकता र सङ्घर्षका कारण म्यान्माका अधिकांश भागमा विद्युत् बन्द भएको छ । यसबाट मानिसहरूलाई पङ्खा र एयर कन्डिसनका साथ चिसोमा बस्न अवरोध पुगेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १२ : ४१ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक