सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड ! | Khabarhub Khabarhub

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । सालेहीका वकिलले सजायविरुद्ध अपील गर्ने बताएका छन् । यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका थिए । जुलाई २०२३ मा उनलाई छ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो।

तर यस वर्षको जनवरीमा, इस्फाहानको क्रान्तिकारी अदालतले सालेही विरुद्ध नयाँ आरोप लगाए, उनका वकिलले भने ।

अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध अपप्रचार र दंगा भड्काउनेलगायतका कैयौं अभियोगमा दोषी ठहर गरेको छ । अब उनीसँग यस मृत्युदण्डको सजायविरुद्ध अपील गर्न २० दिनको समय छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १ : २५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर