१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित) « Khabarhub

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका ४० राष्ट्रिय लक्ष्य तय गरेको छ । आउँदो साउनदेखि पाँच वर्षसम्म योजना कार्यान्वयन हुनेछ ।

योजनाको अन्तिम वर्ष २०८५/८६ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन हालको १४९५ बाट २३८१ र प्रतिव्यक्ति आय हालको १४१० बाट २४१३ अमेरिकी डलर पुर्‍याउने लक्ष्य योजनामा राखिएको छ ।

योजना अवधिको पाँच वर्षमा औषत आर्थिक वृद्धिदर ६.६ प्रतिशत हुने आयोगले अनुमान गरेको छ । २०८५/८६ सम्म नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) आधार मूल्यमा ९१ खर्ब ३३ अर्ब पुग्ने प्रक्षेपण पनि सरकारले गरेको छ ।

योजनाका लक्ष्य हासिल गर्न पाँच वर्षमा कूल १ नील ४० ४० खर्ब ९८ अर्ब रुपैयाँ आवश्यक लगानी हुने आयोगले जनाएको छ । आयोगले आज (बिहीबार) १६औं योजनामाथि राष्ट्रिय विकास परिषद्‌ बैठकमा छलफल चलाउँदैछ ।

योजनामा सुशासनका १०, सामाजिक न्यायका १० र समृद्धिका २० गरी ४० लक्ष्य निर्धारण गरिएको छ ।

यस्ता छन् राष्ट्रिय लक्ष्य :

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १ : ३७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर