कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति « Khabarhub

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै भजनी, लम्कीचुहा र बर्दबगोरियामा आगलागीबाट लाखौँको धनमाल तथा पशुचौपायामा क्षति भएको जनाइएको छ । 

लम्कीचुहा नगरपालिका–८ र १० मा गोठमा आगलागी हुँदा तीनवटा गोठ जलेर नष्ट भएका छन् भने केही पशुचौपाया पनि मरेका छन् । गप्काका उदय साउदका दुईवटा बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु घाइते भएका छन् । यस्तै पुरन भण्डारीको गोठ जलेर नष्ट भएको छ । 

चुहाका भूमिनन्द देवकोटाको एउटा भैँसी जलेर मरेको छ भने गोठमा राखेको अन्नपात जलेर नष्ट भएको छ । स्थानीयले गहुँको नल जलाउनका लागि खेतमा लगाएको आगो गोठमा सल्किएपछि ठूलो क्षति भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

यसैगरी भजनी नगरपालिकाको वडा नं ३ पिपलचोकका दीपक सापकोटाको खाली घर पनि जलेको छ । गहुँको नलमा लगाएको आगो घरमा सल्किएर एक घर जलेको स्थानीय खेमराज पाण्डेले जानकारी दिएका छन् । भजनी नगरपालिकाको चर्रामा पनि गहुँको नलमा आगलागी भएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।

भजनी नगपालिका–३ मन्द्रीमा आगलागी हुँदा राष्ट्रिय माविको १६ बिघा जमिनमा लगाएको लिप्टिस बारी जलेको छ । आगो टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले निभाइएको छ ।

त्यस्तै बर्दगोरिया गाउँपालिका–२ मा एक कच्ची गोठमा आगलागी भएको छ । आगलागीबाट गहुँ, धान, लुगा कपडामा जल्नुका साथै एक भैँसी मरेको छ भने एक राँगा र एक बाख्रा जलेर घाइते छन् । खेतमा लगाएको आगो एक्कासी फैलिएर आगलागी भएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि सबै पालिकासँग दमकल नभएकाले ठूलो क्षति बेहोर्नुपरिरहेको पालिकाले जनाएका छन् । भजनी नगरपालिकासँग आफ्नै दमकल छैन । भजनीमा आगलागीका घटना भएमा टीकापुर र घोडाघोडी नगरपालिकाबाट दमकलको सहायता लिने गरिएको विपद् सम्पर्क व्यक्ति विष्णु न्यौपानेले जानकारी दिए ।

कैलालीको भजनी, जोशीपुर र जानकी गाउँपालिकासँग दमकल छैन । यी पालिकामा आगलागी भएमा टीकापुर नगरपालिकाको दमकल प्रयोगमा ल्याउने गरिएको छ । कहिलेकाहीँ एकैपटक धेरै ठाउँमा आगलागी भएमा समस्या हुने गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १ : ३१ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री