कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति | Khabarhub Khabarhub

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै भजनी, लम्कीचुहा र बर्दबगोरियामा आगलागीबाट लाखौँको धनमाल तथा पशुचौपायामा क्षति भएको जनाइएको छ । 

लम्कीचुहा नगरपालिका–८ र १० मा गोठमा आगलागी हुँदा तीनवटा गोठ जलेर नष्ट भएका छन् भने केही पशुचौपाया पनि मरेका छन् । गप्काका उदय साउदका दुईवटा बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु घाइते भएका छन् । यस्तै पुरन भण्डारीको गोठ जलेर नष्ट भएको छ । 

चुहाका भूमिनन्द देवकोटाको एउटा भैँसी जलेर मरेको छ भने गोठमा राखेको अन्नपात जलेर नष्ट भएको छ । स्थानीयले गहुँको नल जलाउनका लागि खेतमा लगाएको आगो गोठमा सल्किएपछि ठूलो क्षति भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

यसैगरी भजनी नगरपालिकाको वडा नं ३ पिपलचोकका दीपक सापकोटाको खाली घर पनि जलेको छ । गहुँको नलमा लगाएको आगो घरमा सल्किएर एक घर जलेको स्थानीय खेमराज पाण्डेले जानकारी दिएका छन् । भजनी नगरपालिकाको चर्रामा पनि गहुँको नलमा आगलागी भएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।

भजनी नगपालिका–३ मन्द्रीमा आगलागी हुँदा राष्ट्रिय माविको १६ बिघा जमिनमा लगाएको लिप्टिस बारी जलेको छ । आगो टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले निभाइएको छ ।

त्यस्तै बर्दगोरिया गाउँपालिका–२ मा एक कच्ची गोठमा आगलागी भएको छ । आगलागीबाट गहुँ, धान, लुगा कपडामा जल्नुका साथै एक भैँसी मरेको छ भने एक राँगा र एक बाख्रा जलेर घाइते छन् । खेतमा लगाएको आगो एक्कासी फैलिएर आगलागी भएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि सबै पालिकासँग दमकल नभएकाले ठूलो क्षति बेहोर्नुपरिरहेको पालिकाले जनाएका छन् । भजनी नगरपालिकासँग आफ्नै दमकल छैन । भजनीमा आगलागीका घटना भएमा टीकापुर र घोडाघोडी नगरपालिकाबाट दमकलको सहायता लिने गरिएको विपद् सम्पर्क व्यक्ति विष्णु न्यौपानेले जानकारी दिए ।

कैलालीको भजनी, जोशीपुर र जानकी गाउँपालिकासँग दमकल छैन । यी पालिकामा आगलागी भएमा टीकापुर नगरपालिकाको दमकल प्रयोगमा ल्याउने गरिएको छ । कहिलेकाहीँ एकैपटक धेरै ठाउँमा आगलागी भएमा समस्या हुने गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १ : ३१ बजे

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता