प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास « Khabarhub

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो झडप भएको छ ।

दुई गाउँका युवा-युवतीबीच प्रेम सम्बन्धबारेमा भएको विवादले उग्र रुप लिँदा झडपको अवस्था आएको हो ।

प्रहरीका अनुसार एउटा समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो ।

त्यसपछि प्रहरीले उक्त समूहले अवरुद्ध गरेको सडक खोल्न बल प्रयोग गरेको थियो ।

प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने क्रममा झडप भएको हो ।

उक्त प्रदर्शनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका २ र सशस्त्र प्रहरीका १ जना जवान घाइते भएका छन् ।

प्रदर्शनलाई हिंस्रक बनाउन खोजेपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको पनि अवाले बताए ।

प्रहरीले त्यहाँको अवस्था नियन्त्रणमा लिन ९ सेल अश्रुग्याससमेत प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी रञ्जन अवाले बताएका छन् ।

डीएसपी अवालेका अनुसार उक्त गाउँबाट प्रेम सम्बन्धमा रहेका भनिएका दुईजना युवती र दुईजना युवक एकसाथ भागेका थिए ।

उनीहरूको अवस्था अहिलेसम्म खुलेको छैन । उमेर नै नपुगेका आफ्ना छोरीहरूलाई भगाइएको भन्दै केटी पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।

त्यसको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा पनि लिएको अवाले बताए । उनका अनुसार केटी पक्षले भागेकाहरूको खोजी नभएको भन्दै बिहीबार सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  २ : १२ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल