पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी « Khabarhub

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १ नील १४ खर्ब ९ अर्ब ८५ करोड रुपैयाँ कूल लगानी हुने अनुमान गरेको छ ।

चालू खर्च र सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य दायित्व थप्दै गएको सरकारले सार्वजनिक, निजी र सहकारी क्षेत्रबाट पाँच वर्षमा ११४ खर्बभन्दा बढी लगानी हुने प्रक्षेपण गरेको हो ।

१६औं योजनाको मस्यौदामाथि छलफल गरी अन्तिम रूप दिन बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद् बैठक बस्दैछ । सोही बैठकमा राष्ट्रिय योजना आयोगले पाँच वर्षमा तीन क्षेत्रबाट हुने लगानी अनुमान सार्वजनिक गरेको हो ।

आयोगका अनुसार अर्थतन्त्रको प्राथमिक क्षेत्र कृषि, वन तथा मत्स्यपालन र खानी तथा उत्खनन्मा ७ खर्ब ६४ अर्ब ८० करोड रुपैयाँ लगानी हुनेछ ।

द्वितीय क्षेत्र (उत्पादनदेखि निर्माणसम्म)मा पाँच वर्षभित्र २५ खर्ब ३० अर्ब ९९ करोड र तृतीय क्षेत्र (सेवा)मा ५९ खर्ब ३५ करोड रुपैयाँ लगानी हुने आयोगको अनुमान छ ।

यी क्षेत्रमा प्रचलित मूल्यमा सार्वजनिकबाट ३०.२, निजीबाट ६७.२ र सहकारीबाट २.६ प्रतिशत लगानी प्रक्षेपण गरिएको छ ।

अर्थतन्त्रका तीन क्षेत्रमा हुने लगानी र स्रोत अनुमान :


स्रोत : राष्ट्रिय योजना आयोग ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ३ : १९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५