भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण  | Khabarhub Khabarhub

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीलाई आचार संहिता उल्लंघनको आरोपमा पत्र पठाएको छ ।

आयोगले दुवै नेताले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर भाजपा र कांग्रेस अध्यक्षमा नाममा पत्र पठाएको हो ।

कांग्रेस र भाजपा दुवैकोतर्फबाट एक-अर्का नेताहरुविरुद्ध चुनावी प्रचारका क्रममा घृणा फैलाउने, धर्म, जाति, समुदाय र भाषाको आधारमा विभाजित गर्न खोजेको आरोप लगाइएको छ ।

दुवै पार्टीको तर्फबाट एकअर्काविरुद्ध चुनाव आयोगमा उजुरी परेको थियो ।

त्यसपछि चुनाव आयोगले कांग्रेस प्रमुख मल्लिकार्जुन खड्गे र बीजेपी अध्यक्ष जगत प्रकाश नड्डालाई पत्र पठाउँदै २९ अप्रिलसम्म जवाफ दिन भनेको छ ।

चुनाव आयोगले त्यस पत्रमा राष्ट्रिय पार्टी भएका नाताले चुनाव प्रचारका क्रममा आदर्श आचार संहिताको पालनालाई लिएर मानक बनाउन दुवै  नेतालाई भनेको छ ।

तर आयोगले दुई नेताले कुन चुनावी अभियानका क्रममा आचारसंहिता उल्लंघन गरेको कुरा भने खुलाएको छैन । आयोगले दुवै नेताहरू आफ्नो भाषणका लागि जिम्मेवार हुनुपर्ने कुरामा पनि सचेत गराएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ३ : ३२ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।