ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने | Khabarhub Khabarhub

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुने भएको छ ।

एन्फाले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै वैशाख २२ देखि जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुने जानकारी गराएको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख तथा मोस्ट भ्यालुएबल प्लेअरलाई रु ५० हजार प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्ने उनले बताए । प्रतियोगीताका लागि कुल १६ वटा कलेजले सहभागिता जनाउनका लागि टिम दर्ता गराएको भन्दै प्रवक्ता शाहले लिग कम नकआउट आधारमा खेलहरू खेलाइने बताए ।

प्रतियोगिताको बजेट कुल ३० लाख रहेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : १५ बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी