‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट « Khabarhub

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ ।  पोखरा र बुटवलको कार्यक्रम सकेर मनसरा टिम अहिले पूर्वमा छ । 

पूर्वमा बुधबारबाट झापाबाट सुरु भएको यस कन्सर्टको यात्रा इटहरी पुगेर सकिने निर्माण पक्षले जनाएको छ । बुधबार बिर्तामोडको एक सिनेमा हलमा कविता कन्सर्ट भएको थियो । 

सो कार्यक्रममा कवि तथा चलचित्रका निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा दर्जन भन्दाबढी कविता सुनाएका थिए । कन्सर्टमा अभिनेत्री मिरुना मगरले आफ्नो आमाले रचना गरेको कविता सुनाएकी थिइन् । अन्य कलाकारहरू मेनुका प्रधान, प्रवीण खतिवडा र जीवन बरालले निर्देशक सुब्बाको कविता वाचन गरेका थिए । 

 

सो कार्यक्रममा प्राज्ञ मुनराज शर्मा, बरिष्ठ गीतकार शिवशंकर थापा, अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्यलगायतको सहभागिता थियो । 

भोलि धरानमा कन्सर्टको कार्यक्रम तय भएको निर्देशक सुब्बाले जनाए । उनको निर्देशन रहेको दोस्रो फिल्म मनसरा वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मनेुका प्रधानको मुख्य भूमिका रहेको छ । 

निर्देशक सुब्बाकै लेखन रहेको यस चलचित्रमा सिनेमाका निर्माता र छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । सह-निर्माताहरु भने विष्ण कुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ हुन् । सिजन दाहाल कार्यकारी निर्माताका भूमिकामा छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया