‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट « Khabarhub

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ ।  पोखरा र बुटवलको कार्यक्रम सकेर मनसरा टिम अहिले पूर्वमा छ । 

पूर्वमा बुधबारबाट झापाबाट सुरु भएको यस कन्सर्टको यात्रा इटहरी पुगेर सकिने निर्माण पक्षले जनाएको छ । बुधबार बिर्तामोडको एक सिनेमा हलमा कविता कन्सर्ट भएको थियो । 

सो कार्यक्रममा कवि तथा चलचित्रका निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा दर्जन भन्दाबढी कविता सुनाएका थिए । कन्सर्टमा अभिनेत्री मिरुना मगरले आफ्नो आमाले रचना गरेको कविता सुनाएकी थिइन् । अन्य कलाकारहरू मेनुका प्रधान, प्रवीण खतिवडा र जीवन बरालले निर्देशक सुब्बाको कविता वाचन गरेका थिए । 

 

सो कार्यक्रममा प्राज्ञ मुनराज शर्मा, बरिष्ठ गीतकार शिवशंकर थापा, अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्यलगायतको सहभागिता थियो । 

भोलि धरानमा कन्सर्टको कार्यक्रम तय भएको निर्देशक सुब्बाले जनाए । उनको निर्देशन रहेको दोस्रो फिल्म मनसरा वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मनेुका प्रधानको मुख्य भूमिका रहेको छ । 

निर्देशक सुब्बाकै लेखन रहेको यस चलचित्रमा सिनेमाका निर्माता र छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । सह-निर्माताहरु भने विष्ण कुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ हुन् । सिजन दाहाल कार्यकारी निर्माताका भूमिकामा छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : २१ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा