मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति | Khabarhub Khabarhub

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर नेपालीले नेतृत्व गरेको नेकपा (मशाल) वीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।

आगामी मे १ गते अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर दुई दलबीच एकता गरिने विहीबार वैद्य र नेपालीले संयुक्त वक्तव्यमार्फत जानकारी दिएका छन् ।

 माओवादी नेता प्रचण्डका राजनीतिक गुरुसमेत मानिने मोहन वैद्यले प्रचण्डसँग अलग भएर माओवादी पार्टी पुनर्गठन गरेका थिए । तर, उनको समूहमा रहेका रामबहादुर थापा बादल प्रचण्ड समूहमै फर्किएका थिए  नेत्रविक्रम चन्द विप्लव अर्कै दल खोलेर हिंसात्मक सङ्घर्षमा होमिएका थिए । वैद्यले भने माओवादीको नाम फेरेर ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’ चलाउँदै आएका छन् ।

त्यसो त विप्लव समूहमा समेत फुट आएसकेको छ । धर्मेन्द्र बास्तोला लगायतका लगायतका नेताहरूले विप्लवको साथ छाडेर नेकपा (बहुमत) खोलेका छन् ।

उता मोहन वैद्यसँग एकता गर्न तयार रहेका अर्घाखाँचीका सन्तबहादुर नेपाली यसअघि मोहनविक्रम सिंह, चित्रबहादुर केसीहरूले नेतृत्व गरेको नेकपा (मसाल) मा आवद्ध थिए । सादगी नेताका रुपमा चिनिने नेपालीले केसी र सिंहलाई छाडेर विद्रोह गरी नेकपा (मशाल) पुनर्गठन गरेका थिए ।

माओवादी केन्द्रका नेता एवं प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी समूहहरुवीच एकता हुने बारम्बार चर्चा गरिरहे पनि मोहन वैद्य प्रचण्डसँग मिल्न तयार देखिएका छैनन् । डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग टाढिएका छन् । विप्लवले पनि प्रचण्डसँग पार्टी एकता गर्न चाहेको देखिँदैन । यहीबेला मोहन वैद्यले पूर्वमसाल समूहसँग एकताको घोषणा गरेका हुन् । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ३४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर