राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल | Khabarhub Khabarhub

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू  राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् ।

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको तर्क गरे ।

जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा धकेलिएको महसुस भएको उनले बताए । रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे ।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउँदै गर्दा कम्युनिष्ट एकताले जनताको आकांक्षालाई घात गरेको आरोप लगाए । आफूले गरेको गल्तीको दोष अरूलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए ।

भिडियाेमा हेर्नुहाेस् :

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ४१ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको