टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार | Khabarhub Khabarhub

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी हिरासतमै रहने भएका छन् ।

त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । उनले उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका थिए ।

पूर्व सभासद् आङटावा शेर्पासँग धरौटी माग गर्ने आदेश दिएको छ भने इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ७ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ७ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर