आज दिल्लीसहित भारतका ६ राज्यमा मतदान « Khabarhub

आज दिल्लीसहित भारतका ६ राज्यमा मतदान


१२ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको छैठौं चरणको मतदान शनिबार सुरु भएको छ । पाँच चरणको चुनाव सम्पन्न भएको भारतमा शनिबार दिल्लीसहित ६ राज्यमा मतदान सुरु भएको हो ।

शनिबार छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका ५७ सिटमा मतदान सुरु भएको हो ।

यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।

अप्रिल १९, २६, मे ७, १३ र २० तारिखमा गरेर भारतमा यसअघि पाँच चरणको चुनाव सकिएको हो। शनिबार जारी छैठौं चरणमा दिल्लीका ७, उत्तर प्रदेशका १४, बिहारका ८, पश्चिम बंगालका ८, हरियाणाका १०, ओडिशाका ६, झारखण्डका ४ र जम्मु–कश्मिरको एक सिटमा मतदान सुरु भएको हो ।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।

पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ७ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको