आईपिएलको फाइनलमा कोलकाता र हैदरावादको प्रतिस्पर्धा : कस्तो छ हेड टु हेड ? « Khabarhub

आईपिएलको फाइनलमा कोलकाता र हैदरावादको प्रतिस्पर्धा : कस्तो छ हेड टु हेड ?


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुने भएको छ।

भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो।

हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो।

यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ।

यसअघि २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो। कोलकाता र हैदराबिच हुने यो सिजनको फाइनल प्रतिस्पर्धा आइतबार हुँदैछ।

दोस्रो क्वालिफायरमा हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन मात्र बनाएको हो।

राजस्थानका लागि ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए। उनको अर्धशतक जितका लागि पर्याप्त भएन्। ३५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट भए।

 

हैदरावादका शाहबाज अहमदले सर्वाधिक तीन विकेट लिए। अभिषेक शर्माले दुई तथा प्याट कमिन्स र थंगारसु नटराजन एक–एक विकेट लिए।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ बनाएको थियो। हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतक बनाए। ३४ बलको सामना गरेका उनले ६ छक्का सहित ५० रन बनाए। त्यस्तै १५ बल खेलेका राहुल त्रिपाठीले ३७ बनाए।

ओपनर ट्रेभिस हेडले ३८ रन बनाउँदा शाहबाज अहमद १८, अभिषेक शर्मा १२ रन बनाएर आउट भए। राजस्थानका ट्रेन्ट बोल्ट र आवेष खानले एकरएक विकेट लिए। सन्दीप शर्माको नाममा दुई विकेट रह्यो।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो। यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। आईपिएलको फाइनल आइतबार हुँदैछ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ९ : १२ बजे

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग

काठमाडौं – नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा

निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन