स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द « Khabarhub

स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ । सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग ९धुलिखेल–जिरोकिलो–खावा खण्ड० आजदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो ।

राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयकाबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै आज र भोलि बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इन्जिनियर सुमन बस्नेतले जानकारी दिए ।

बैठकको निर्णयअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शव वाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए ।

बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । सो समय अवधिमा काठमाडौँ–बनेपा हुँदै पाँचखालतर्फ जाने सवारीसाधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना अधिकारी बस्नेतको भनाइ छ । उनका अनुसार साना सवारीसाधनका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटोलाई वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको छ ।

साना सवारीसाधनका लागि बिपी राजमार्ग–तिनपिप्ले–पाँचखालको बाटो वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न र दोलालघाट पाँचखाल हुँदै काठमाडौँतर्फ जाने सबै खाले सवारीसाधनका लागि जिरोकिलो–कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न आग्रह गरिएको सूचना अधिकारी बस्नेतले बताए ।

उक्त स्थान ९धुलिखेल र पाँचखाल० चोकमा रोकिएका सबै सवारीसाधनलाई बन्द अवधिपछि मात्र छोडिने सडक विभागले जनाएको छ । यसअघि जेठ ८ र ९ गते दुई दिन सडक विभागले यसरी नै सवारीसाधनलाई वैकल्पिक सडकको व्यवस्था गरी स्तरोन्नतिको काम गरेको थियो । साथै जेठ १० र ११ गते सडक नियमित सञ्चालन गरी स्तरोन्नतिको काम गरिएको थियो ।

सडक बन्द गरी काम गर्दा प्रगति धेरै भएको पाइएकाले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पुनः दुई दिन उक्त खण्ड बन्द गरी कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङभित्रका सडकखण्डअन्तर्गत सिन्का फ्याक्ट्री मुसेखोल्सामा सोमबारदेखि ढलान कार्य सुरु हुने भएकाले सो सडक भएर आवतजावत गर्ने प्रयोगकर्तालाई वैकल्पिक बाटो प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ ।

बेथानचोक गाउँपालिकाको गौरवको कार्यक्रममार्फत प्रत्येक वर्ष पाँच किमी बाटो कालोपत्र गर्ने योजनाअनुसार चालु आर्थिक वर्षको कार्यक्रम पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङसम्म सञ्चालन हुने सडकखण्ड परेको सार्वजनिक सूचना जारी गर्दै जानकारी दिइएको बेथानचोक–२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताए ।

उक्त सडकखण्ड भएर सञ्चालित सवारीसाधनका लागि वैकल्पिक मार्ग बसपार्क–बादुरेमुडा–डाँडाघर खण्ड प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १ : ३५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार