मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान « Khabarhub

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि दरखास्त आह्वान गरेको छ । आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ ।

फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका एक जनालाई पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । मदन भण्डारी जन्मजयन्तीका दिन असार १४ गते प्रदान गरिनेछ । फाउन्डेसनले २०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार