आक्रमण रोक्न अदालतले दिएको आदेशपछि इजरायलद्वारा रफाहमा आक्रमण  « Khabarhub

आक्रमण रोक्न अदालतले दिएको आदेशपछि इजरायलद्वारा रफाहमा आक्रमण 


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजना बन्दीहरूको शव बरामद गरेको घोषणा गरेको केही घण्टापछि अन्तर्राष्ट्रिय अदालतले (आइसीजे) ले पनि प्यालेस्टिनीले अझै पनि बन्धक राखेका सबैलाई तत्काल रिहा गर्न माग गर्‍यो र इजरायललाई इजिप्ट र गाजाबीचको राफाह क्रसिङ्ग खुला राख्न आदेश दिएको हो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आइसीजेको फैसलाको स्वागत गरेको छ तर युद्धग्रस्त गाजाको बाँकी भागलाई बेवास्ता गरेको भन्दै निर्णयको आलोचना गरेको हो ।

आइसीजेको फैसलाको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको छ ।

प्यालेस्टिनी साक्षी र एएफपी टोलीले राफाह र केन्द्रीय सहर देइर अल–बलाहमा इजरायली आक्रमण भएको जनाएको थियो ।

आफ्नो फैसलामा आईसीजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिकरूपमा भौतिक विनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न र आदेश दियो र गाजामा हमासले बन्धक बनाएकाको ‘तत्काल र बिना शर्त रिहाई’ को लागि पनि आह्वान गर्‍यो ।

इजरायली सेनाले शुक्रबार उत्तरी गाजामा शव बरामद भएका तीन जना बन्धकहरू चानान याब्लोन्का, ब्राजिलियन–इजरायली मिशेल निसेनबाम र फ्रान्सेली–मेक्सिकन ओरियन हर्नान्डेज राडोक्सको अक्टोबर ७ को आक्रमणमा हत्या भएको र उनीहरूको शव गाजा लगिएको बताएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  २ : ५० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल