आक्रमण रोक्न अदालतले दिएको आदेशपछि इजरायलद्वारा रफाहमा आक्रमण  | Khabarhub Khabarhub

आक्रमण रोक्न अदालतले दिएको आदेशपछि इजरायलद्वारा रफाहमा आक्रमण 


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजना बन्दीहरूको शव बरामद गरेको घोषणा गरेको केही घण्टापछि अन्तर्राष्ट्रिय अदालतले (आइसीजे) ले पनि प्यालेस्टिनीले अझै पनि बन्धक राखेका सबैलाई तत्काल रिहा गर्न माग गर्‍यो र इजरायललाई इजिप्ट र गाजाबीचको राफाह क्रसिङ्ग खुला राख्न आदेश दिएको हो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आइसीजेको फैसलाको स्वागत गरेको छ तर युद्धग्रस्त गाजाको बाँकी भागलाई बेवास्ता गरेको भन्दै निर्णयको आलोचना गरेको हो ।

आइसीजेको फैसलाको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको छ ।

प्यालेस्टिनी साक्षी र एएफपी टोलीले राफाह र केन्द्रीय सहर देइर अल–बलाहमा इजरायली आक्रमण भएको जनाएको थियो ।

आफ्नो फैसलामा आईसीजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिकरूपमा भौतिक विनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न र आदेश दियो र गाजामा हमासले बन्धक बनाएकाको ‘तत्काल र बिना शर्त रिहाई’ को लागि पनि आह्वान गर्‍यो ।

इजरायली सेनाले शुक्रबार उत्तरी गाजामा शव बरामद भएका तीन जना बन्धकहरू चानान याब्लोन्का, ब्राजिलियन–इजरायली मिशेल निसेनबाम र फ्रान्सेली–मेक्सिकन ओरियन हर्नान्डेज राडोक्सको अक्टोबर ७ को आक्रमणमा हत्या भएको र उनीहरूको शव गाजा लगिएको बताएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  २ : ५० बजे

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र