पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै « Khabarhub

पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपीभी) खोप अभियान सञ्चालन हुँदै छ ।

जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भएको जनाएको छ ।

आइपीभी खोपको विश्वव्यापी अभाव हुँदा विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका सो खोपबाट वञ्चित हुनुपरेको थियो । सो अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने भएकाले उनीहरूलाई लक्षित गरी अभियान देशव्यापीरुपमा अघि बढाउन लागिएको हो ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण श्रेष्ठले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर आइपीभी खोप लगाउन वञ्चित रहेका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

कार्यालयका जनस्वास्थ्य अधिकृत मोदप्रसाद ठाकुरले आइपीभी विशेष गरेर बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र शून्य दशमलव पाँच मिलिलिटरको मात्रा दिनुपर्ने जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत ठाकुरले पर्सामा खोप अभियान तीन चरणमासञ्चालन गरिने बताए । खोप समन्वय समिति सचिवालयका अनुसार पहिलो चरणमा जेठ १३ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका–१ देखि वडा नं १६ सम्म, बहुदरमाई नगरपलिकाका साथै विन्ध्वासिनी, पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोविनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

दोस्रो चरणमा पोखरिया र पर्सागढी नगरपालिका तथा जिरा भवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ । तेस्रो चरणमा जेठ २३ गतेदेखि २६ गतेसम्म वीरगञ्ज–१७ देखि ३२ नं वडा क्षेत्रमा खोप लगाइने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए।

खोप अभियानमा सात सय आठ जना खोप कार्यकर्ता, स्वयंसेवक एक हजार चार सय १६ जना खटिनेछन् । त्यसैगरी एइएफआई एक सय १२ जना स्वास्थ्यकर्मीका साथै नारायणी अस्पतालका तीन जना चिकित्सक पनि तयारी अवस्थामा रहने ठाकुरले बताए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनारले खोप अभियानमा कुनै पनि प्रकारको त्रुटि र कमजोरी नगर्न स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, स्वयंसेवकलाई अनुरोध गरे ।

अभियानलाई स्वच्छ, सुरक्षित र भरपर्दो ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै अध्यक्ष सोनारले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगी खोप लगाउने कार्यमा सहयोग गर्न अभिभावकलाई अनुरोध गरे । मधेस प्रदेशमा दुई लाख ९२ हजार नौ सय ५९ जनालाई सो खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ५ : ०९ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता