भारतमा लोकसभा चुनाव – हालसम्म ५० करोड ७२ लाखले गरे मतदान « Khabarhub

भारतमा लोकसभा चुनाव – हालसम्म ५० करोड ७२ लाखले गरे मतदान


१२ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा भइरहेको १८औं लोकसभा चुनावमा हालसम्म ५० करोड ७२ लख ९७ हजार २८८ जनाले मतदान गरेका छन् ।

त्यहाँको चुनाव आयोगले चुनावको पाँचौं चरणसम्म कूल मतदाताको ६२.२० प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

अप्रिल १ देखि शुरु भएको मतदान सात चरणमा सम्पन्न हुनेछ । पहिलो चरणको मतदान १९ अप्रिल र पाँचौं चरणको मतदान २० मे मा भएको थियो । निर्वाचन नतिजा ४ जुनमा सार्वजनिक गर्ने चुनाव आयोगले जनाएको छ ।

पहिलोदेखि पाँचौं चरणसम्म भारतका ५४३ मध्ये ४२८ लोकसभा सीटका लागि मतदान प्रक्रिया पूरा भएको छ । आज (मे २५) मा छैठौं चरणको मतदान भइरहेको छ ।

चुनाव आयोगले समयमै मतदानसम्बन्धी तथ्याङ्क सार्वजनिक नगरेपछि विपक्षीहरूले सवाल उठाइरहेका थिए । मताधिकार प्रयोग गरेका मतदाताको आंकडा सार्वजनिक गर्न आयोगमाथि दबाब परिरहेको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ६ : ५६ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच