साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको तयारी पूरा « Khabarhub

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको तयारी पूरा


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले आइतबार आयोजना गर्न लागेकाे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवनमा आइतबार सङ्गोष्ठीको आयोजना गरिएको छ ।

सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय)का कुलपति प्राध्यापक के.के अग्रवाल, अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ताका रुपमा सहभागी हुने छन् ।

उद्घाटन सत्र, दुई प्लेनरी सत्र, तीन समानान्तर सत्र र समापन सत्र गरी बिहानदेखि दिनभर चल्ने कार्यक्रममा प्रस्तुतिका विभिन्न छवटा विषय÷विधा निर्धारित छन् ।

डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिस विधाहरू सङ्गोष्ठीमा प्रस्तुत हुने आयोजकले जनाएको छ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा सुधांशु दाहालको संयोजकत्वमा गठित मूल समिति तथा त्यस मातहतका १० वटा उपसमितिहरूले आ–आफ्नो भूमिका निभाइरहेका छन् ।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो ।

उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ । साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरूले थप अनुसन्धान पनि गरिरहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १० : ३९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन