सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित « Khabarhub

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई प्रधान कार्यालयमा सम्मान गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पौडेललाई सगरमाथा आरोहण गर्न पठाइएको स्मरण गर्दै, ‘यो सगरमाथा आरोहण मात्र होइन, सीमा सुरक्षाको जिम्मेवारी पाएको सङ्गठनका लागि सीमा अनुगमन पनि हो ।’

उनले आरोहण सफलताका लागि योगदान गरेका मिङ्मा डेबिड शेर्पालाई मायाको चिनो प्रदान गरे ।

सो अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको सङ्गठनको झण्डा महानिरीक्षक अर्याललाई हस्तान्तरण गरे । साथै उनले सगरमाथा आरोहणको अनुभवसमेत सुनाएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १० : ५१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह