बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दै अफगानिस्तान « Khabarhub

बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दै अफगानिस्तान


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले बंगलादेशविरुद्ध ब्याटिङ गर्दैछ।

सुपर-८ को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो। सुपर-८ को समूह-१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरिसेको छ।

अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनल पुगेको हो। यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो बंगलादेश र अफगानिस्तानको खेलमा भर पर्नेछ।

अस्ट्रेलियाले तीन खेल खेल्दा दुई अंक मात्र बनाएको छ भने दुई खेल खेलेको अफगानिस्तानको समान दुई अंक छ।

अंकबिहीन बंगलादेशसमेत सेमिफाइनल दौडबाट बाहिरिसकेको छैन। बंगलादेशले अफगानिस्तानविरुद्ध जित निकाले अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान दुईदुई अंक बन्नेछ। तीन टिममध्ये रनरेटको आधारमा एउटा टिम सेमिफाइनल प्रवेश गर्नेछ। अफगानिस्तान विजयी भए स्वः सेमिफाइनल पुग्नेछ।

सुपर-८ को समूह- २ बाट भने दक्षिणा अफ्रिका र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनल प्रवेश गरिसेका छन्।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको