चन्द्रप्रकाश बानियाँलाई सूर्यनारायण पुरस्कार « Khabarhub

चन्द्रप्रकाश बानियाँलाई सूर्यनारायण पुरस्कार


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ ।

सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा  आयोजित कार्यक्रममा प्राध्यापक डा. कर्णबहादुर बानियाँ र संस्थाका अध्यक्ष सुवर्ण कुमार श्रेष्ठले श्रष्टा बानियाँलाई नगद २५ हजार, कदरपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उनका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई–दुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८० को पुरस्कार बानियाँलाई प्रदान गरिएको हो ।

श्रष्टा बानियाँद्वारा लिखित महारानी उपन्यासले २०७८ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । विसं २०४८ मा म्याग्दी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बानियाँले साहित्यिक क्षेत्रमा दिएको योगदानस्वरुप पुरस्कृत गरिएको सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठले बताए ।

बानियाँले ‘ऐतिहासिक पर्वत राज्य–२०६५’, मृत्य संस्कार–२०७५, महारानी २०७६, मौज्याह निबन्ध सङ्ग्रह २०७७, माकुराको पुनर्जन्म २०७८, चौबीसी राज्य पर्वत २०७९, पुला र पुलस्त्य पुस्तक लेखेका छन् ।

ऐतिहासिक विषयसँग सम्बन्धित बानियाँका पुस्तकमा म्याग्दीको सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, सांस्कृतिक, सामरिक अवस्थालाई चित्रण गर्दछ ।

संस्थाले २०४९ सालदेखि हालसम्म १८ जनालाई पुरस्कार प्रदान गरेको छ ।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया