विश्वकपमा विस्फोटक इंग्ल्याण्ड र सन्तुलित भारत | Khabarhub Khabarhub

विश्वकपमा विस्फोटक इंग्ल्याण्ड र सन्तुलित भारत


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

रोहित शर्माको थुप्रै आकर्षक सर्टसँगै भारतले टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनलको यात्रा तय गरेको छ। भारतको सेमिफाइनल प्रतिद्वन्द्वी इंग्ल्याण्ड र भारतमा पक्कै केही समानता देखिए। भारत क्रिकेटको बादशाह हो। इङ्गल्यान्ड टी-२० मा अझ बढी प्रभावकारी टोली हो। बलर हाबी भएर सुरु भएको जारी प्रतियोगिताको अन्तिम केही खेलमा इंग्ल्याण्डको ब्याटिङ साँच्चै सानदार रह्यो।

प्रतियोगिताको पहिलो खेलमा वर्षाका कारण स्कटल्यान्डसँगको खेल रोकिएको इङ्गल्यान्डले दोस्रो खेलमा अस्ट्रेलियासँग फराकिलो हारको सामना गरेको थियो। कमजोर सुरुवात गरेको सो टोलीले ओमानसँगको खेलमा ४ दशमलव १ ओभरमा नै लक्ष्य पुरा गरेको थियो। इङ्लिस टोलीले ओमानसँगको खेलमा १९ बलमा ५० रन प्रहार गरेको थियो।

वर्षाले प्रभावित नामिबियासँगको खेलमा पनि १० ओभरमा १२२ रन प्रहार गरेको थियो। यो धुवाँदार ब्याटिङ नै सुपर एटमा प्रवेश गरेको इङ्लिस टोलीले यो क्रम सुपर एटमा पनि काय नै राख्यो। वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य १७ दशमलव ३ ओभरमा नै पुरा गरेको थियो।

दक्षिण अफ्रिकासँग पराजित इंग्ल्याण्डले अमेरिकासँगको खेलमा ८ दशमलव ४ ओभरमा ११७ रन प्रहार गरेर खेल जितेको थियो। प्राय खेलमाप्रति ओभर १९ भन्दा बढीको रन रेटमा प्रहार गर्नु इंग्ल्याण्डका लागि सामान्य भइसकेको छ।

इंग्ल्याण्डको विगत हेर्ने भने टी-२० विश्वकपको सबै भन्दा सफल टोली नै हो। गएका ८ संस्करणमा इंग्ल्याण्डले दुई पटक उपाधि जितेको छ। यसैगरी १ पटक उपविजेता भएको छ। सन् २०१० र २०२२ को विजेता भारत सन् २०१६ को उपविजेता हो।

जोस बटलरले १९१ तथा सल्टले १८१ रनले प्रहार गरेका छन्। बटलरको स्ट्राइक रेट १८९ दशमलव १६ तथा साल्टको १६६ दशमलव ३६ छ। पहिलो चरणमा नै बाहिरिएको स्कटल्यान्डका ब्रेन्डन म्याककुलेनलाई छाडेर अन्य सबै ब्याट्सम्यानको तुलनामा यो स्ट्राइक रेट राम्रो मात्र होइन खेल जिताउन समेत उपयोगी साबित भएको छ।

जोनी बारिस्टले ११० रन प्रहार गरेका छन्। यो आँकडाले हेर्दा इंग्ल्याण्डको प्रारम्भिक खेल यस प्रतियोगितामा सबै भन्दा खतरनाक देखिएको छ। यसै जोडीको विस्फोटक ब्याटिङका कारण इंग्ल्याण्डले छोटो समयमा खेल जित्दै आएको छ।

भारतको हकमा रोहितको फर्किएको मास्टर क्लास नै महत्त्वपूर्ण हो। उनको क्लास पूर्ण रूपमा अस्ट्रेलियासँगको खेलमा देखिएको थियो। अस्ट्रेलियासँगको खेलमा सुरुवाती ओभरबाट नि हाबी हुने क्रममा शर्माले ४१ बलमा ९२ रन प्रहार गरे। यस क्रममा ७ चौका र ८ छक्का हिर्काए।

प्रतियोगिताका यस अघिका खेलमा पनि स्ट्राइक रेटको आधारमा र सुरुआत ओभरदेखि नै रोहित आक्रामक नभएका होइनन्। तर उनी लामो समय टिकेको भने यो पहिलो पटक हो। पछिल्लो दुई खेलमा छाएका कुलदीप यादवको सामना गर्नु इंग्ल्याण्डको लागि अबको चुनौती पक्कै हो। अस्ट्रेलियासँगको खेलमा जित दिलाउने क्रममा यादवले ६ ओभरमा २४ रन मात्र खर्चेर दुई विकेट लिए।

विश्वकपमा ३.१ ओभरमै ओमानमाथि ऐतिहासिक जित निकालेपछि इंग्ल्याण्ड। तस्बिरः क्रिकइन्फो

प्रतियोगितामा विस्फोटक जोडीको कारण सफल हुँदै आएको इंग्ल्याण्डका लागि यादव, जसप्रित बुमराह र अर्शदीप सिंहलाई झेल्नु साँच्चै कठिन हो।

टी-२० विश्वकपमा कमै खेल १० विकेटले हार जित भएको छ। पहिलो टी-२० विश्वकपमा न केप टाउनमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेले हराएको थियो। सो समयमा अस्ट्रेलियाले १०२ रनको लक्ष्य पाएको थियो। सन् २०१२ मा हम्बोनटोटा रङ्गशालामा दक्षिण अफ्रिकाले जिम्बाबेले दिएको ९४ रनको लक्ष्य विना कुनै विकेटको क्षति पुरा गरेको थियो। सन् २०२१ मा ओमानले पपुवा न्युगीनीले दिएको १३० रनको लक्ष्य विना कुनै विकेटको क्षति पुरा भएको थियो।

सन् २०२१ मा दुबईमा भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। सो समयमा भारतले १५२ रनको लक्ष्य दिएको थियो। गत विश्वकपमा इंग्ल्याण्डले भारतलाई १० विकेटले नै हराएको थियो। १६९ रनको लक्ष्य इङ्गल्यान्डले विना कुनै विकेटको क्षति पुरा गरेको हो।

गत संस्करणको सेमिफाइनलमा एडीलेडमा भारतले ६ विकेटको क्षतीमा १६८ रन बनाएको थियो। हार्दिक पाण्डेले ३३ बलमा ६३ रनको पारी खेलेका थिए। यसैगरी विराट कोहलीले ४० बलमा ५० रन जोडेका थिए।

इंग्ल्याण्डले १६ ओभरमा नै लक्ष्य पुरा गरेको थियो। इंग्ल्याण्डका जेम्स बटलरले ४९ बलमा ८० तथा एलेक्स हयासले ४७ बलमा ८६ रन प्रहार गरेका थिए। अहिले टोलीमा हायस छैनन्। साल्ट छन्। गत आईपिएलको उपाधि कोलकाता नाइट राइडर्सलाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएका साल्ट लगातार केही महिनादेखि उच्च लयमा छन्।

आईपिएल सकिएको केही महिना मात्र भएका कारण यी दुवै टोलीका खेलाडी एक आपसमा परिचित छन्। बटलर, साल्ट, मोइन अलि, जोनी बारिस्ट, साम कुरान, कृश जोर्डन र फिल ज्याक आईपिएलमा छाएका खेलाडी थिए। गत संस्करणको भन्दा अहिलेको इङ्लिस टोलीमा केही परिवर्तन पक्कै छ। गतसंस्करणमा टोलीमा रहेका कृश ओक, डेभिड ओली र बेन स्टक्स अहिले टोलीमा छैनन्। ट्यामल मिल्स पनि टोलीमा छैनन्। एलेक्स होल्म्स र डेभिड मलान अहिले टोलीमा छैनन्। चार वर्ष अघिकै पुनरावृत्ति खेलको रूपमा यस सेमिफाइनल खेल रहन सक्ने छ।

स्रोतः क्रिक इन्फो, क्रिक बज

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ३७ बजे

गृहमन्त्री लामिछाने भन्छन्- देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि

प्रधानमन्त्रीलाई उपेन्द्रको प्रश्न : राजदूतमा माफियालाई पठाउनु भयो रे नि ?

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल

आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द

टोरन्टो– क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी

सीके राउतको प्रश्न : पार्टीको नाम जस्तै समाजवादी यात्रामा हिँडेका छौँ ?

  जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले आफूलाई

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा सीमित

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.८३ अंकले घटेको