विकिलिक्सका संस्थापक असाञ्ज ५ वर्षपछि रिहा « Khabarhub

विकिलिक्सका संस्थापक असाञ्ज ५ वर्षपछि रिहा


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असाञ्ज रिहा भएका हुन् ।

५२ वर्षीय असाञ्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो।

अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।

जुलियन असाञ्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए । उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । इक्वेडर सरकारले शरण फिर्ता लिएपछि अप्रिल २०१९ मा असान्जलाई बेलायतमा गिरफ्तार गरिएको थियो । 

बिबिसीका अनुसार अब असाञ्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ– ‘जुलियन असाञ्ज स्वतन्त्र भएका छन् ।’

१९०१ दिनको जेलपछि उनी जुन २४ मा बेलमार्श जेलबाट बाहिर आएका छन् । लन्डनको हाइकोर्टले उनलाई जमानत दिएको छ । उनलाई स्ट्यास्टेड विमानस्थलमा रिहा गरिएको हो, जहाँबाट उनले बेलायत छोडेका छन् ।

विकिलिक्सका अनुसार असाञ्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।

जुलियन असाञ्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरूले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ४८ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले