टी– २० विश्वकप : अफगानिस्तान सेमिफाइनलमा « Khabarhub

टी– २० विश्वकप : अफगानिस्तान सेमिफाइनलमा


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।

सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेकाे हाे ।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७ ओभर ४ बलमा अल आउट हुदै १०५ रनमा समेटिएको थियो । वर्षाले प्रभावित भएको खेल १९ ओभरमा झारिएको थियो । जसमा बंगलादेशले ११४ रनको लक्ष्य पाएको थियो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान सवा ६ बजे सुरु हुनेछ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इंग्ल्याण्ड खेल्ने छन् । यो खेल बिहीबार राती सवा ८ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया र बंगलादेश भने विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : १४ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल