जलवायु परिवर्तनका कारण आगलागी बढ्दै « Khabarhub

जलवायु परिवर्तनका कारण आगलागी बढ्दै


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जंगली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् । 

यस मौसमको सुरुमा टर्की, क्यानाडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जंगलका धेरै भागहरूमा आगलागी भइसकेको छ ।  

हालैका वर्षहरूमा आगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरूले बताएका छन् । 

मौसमी अवस्था सहित धेरै कारकहरूको अध्ययनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आँकलन गर्नु चुनौतीपूर्ण हुन सक्छ । 

तर समग्रमा, जंगलमा आगलागी ठुलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढिरहेको छ । यस्तो चरम घटनाहरूको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएरले भने।

जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।  

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जंगली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। 

डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताए।  

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : १४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा