जलवायु परिवर्तनका कारण आगलागी बढ्दै « Khabarhub

जलवायु परिवर्तनका कारण आगलागी बढ्दै


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जंगली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् । 

यस मौसमको सुरुमा टर्की, क्यानाडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जंगलका धेरै भागहरूमा आगलागी भइसकेको छ ।  

हालैका वर्षहरूमा आगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरूले बताएका छन् । 

मौसमी अवस्था सहित धेरै कारकहरूको अध्ययनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आँकलन गर्नु चुनौतीपूर्ण हुन सक्छ । 

तर समग्रमा, जंगलमा आगलागी ठुलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढिरहेको छ । यस्तो चरम घटनाहरूको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएरले भने।

जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।  

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जंगली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। 

डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताए।  

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४