‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’ | Khabarhub Khabarhub

‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन्‌ ।

प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने गरेको गुनासो गरे ।

‘केही माननीय सदस्यज्यूहरूले अहिले पनि केही नभएको आशयसहित कुरा राख्नुभयो । अहिले मैले लामो व्याख्या त गर्न सक्दिनँ’, उनले भने, ‘सरकारको तर्फबाट यसबीचमा सुशासनको पक्षमा, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासका पक्षमा धेरै सकारात्मक पहलहरू भएका छन्‌ ।’

उनले यी कदमहरू चालिरहँदा सरकारले केही गरेन भनेर आरोप लगाउनु ठीक नहुने उनको तर्क छ। ‘त्यसैले सरकारले केही नयाँ गरेको छैन, उही पुरानो चलिराखेको छ भन्नु ठीक होइन’, उनले भने, ‘केही सांसद्‌हरूले यसो भन्दा मलाई अचम्म लाग्ने गरेको छ ।’

उनले कांग्रेसतिर लक्षित गर्दै देशमा दशकौँ नेतृत्व गरेर पनि केही गर्न नसकेको उल्लेख गरे । ‘जसले दशकौँसम्म देश/सरकारको नेतृत्व गर्नुभयो । उहाँहरूले नै आज देशलाई यो स्थितिमा पुर्‍याउनुभयो भन्न मन लाग्छ मलाई’, उनले भने, ‘तपाईंहरूले के के गर्नुभएको थियो भन्न मन लाग्छ मलाई । अहिले त धेरै कुरा सन्तुलित र सकारात्मक अवस्थामा आएका छन्‌ ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : २७ बजे

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै