जैमिनीमा छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन | Khabarhub Khabarhub

जैमिनीमा छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

गलकोट– जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा दुई हजार पाँच सयको मुद्दती खाता उपहार दिने भएको छ । 

नगरपालिकाले छोरीको सम्मान र उनीहरूको उज्ज्वल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दती खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताए। 

छोरीको भ्रूणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रकृतिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । उनले आगामी आवमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्षअनुसारको रकम जम्मा गर्न आग्रह गर्ने बताए। 

‘छोरीको उज्ज्वल आर्थिक भविष्यका लागि बचत अनिवार्य छ, बचतको महत्वसमेत अभिभावकलाई गराउने हाम्रो अभियान हो, अहिलेको  दुई हजार पाँच सय ठूलो रकम बन्नेछ’, उपप्रमुख शर्माले भने, ‘यसबारे साउनमै कार्यविधि निर्माण गरेर कार्यान्वयनमा जान्छ, एक वर्षभित्र नगरपालिकामा जन्मेका छोरीहरूको जन्मदर्ताका आधारमा रकम जम्मा गर्नका लागि बजेटसमेत विनियोजन गरेका छौँं ।’

बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्तासमेत अनिवार्य रहेको भन्दै मुद्दती खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेतना जगाउने बताए । नगरपालिकाले कुश्मिसेरालाई केरा पकेट क्षेत्रका रुपमा विकास गर्न ‘सेरा जाउ, केरा खाउ’ कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ का लागि उक्त कार्यक्रमका लागि १२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र केराको प्रचार गर्ने विश्वास लिइएको छ । यस्तै दूधको बिक्रीका आधारमा प्रतिलिटर एक अनुदान दिँदै आएको नगरपालिकाले आगामी वर्ष प्रतिलिटर  तीन अनुदान दिने भएको छ । 

नगर प्रमुख नरबहादुर पुनले नगरभित्रका सबै विपन्न विद्यार्थीलाई लिड विद्यालयका रुपमा रहेको सर्वोदय जनक माध्यामिक विद्यालयमा आवासीय सुविधासहित अध्यापन गराउने जानकारी दिए। 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : २९ बजे

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा

घोराहीको नीति तथा कार्यक्रम : गौरव बढाउने आयोजनालाई प्राथमिकता

दाङ– दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ का

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय